title
  • Home
  • Resources
  • Products
  • Contact Us
  • Agents
Sign InStart Free Trial

Providhy ERP

Providhy offers an all-in-one ERP solution that streamlines all aspects of business operations, helping companies grow with ease and efficiency.

Pages

  • Pricing
  • Products
  • Terms and Conditions
  • Privacy Policy
  • Contact Us

Product

  • Accounting
  • Sales
  • Purchase
  • Inventory

Contact Us

Have questions or need support? Reach out to us via email or phone for quick assistance.

  • +977 9851221467, 9709088599
  • [email protected]
  • Pulchowk, Lalitpur

© 2025 Providhy ERP | Powered by Vidhypro Crafts Pvt Ltd

f1Soft

Blog Details

Smarter reads for smarter business moves.

cover
Providhy
2 min read|15 May 2025

स्टक ट्र्याक नगर्दा व्यहोर्नु पर्ने घाटा: Providhy ERP ले कसरी समाधान गर्छ?

के तपाईंलाई थाहा छ? एक अध्ययन अनुसार, विश्वभरका व्यवसायहरू स्टकआउट र ओभरस्टकका कारण हरेक वर्ष करिब $१.७५ ट्रिलियन अमेरिकी डलरको नोक्सानी भोगिरहेका छन्।

अझ यो समस्या नेपाली साना तथा मझौला व्यवसायीहरूले दिनहुँ झेलिरहेका छन्, किनकि प्रायःजसो व्यवसायहरू अझै पनि पुराना वा म्यानुअल तरिकाबाट स्टक ट्र्याक गर्छन् – कहिले Excel मा, कहिले रेजिस्टरमा, र कहिलेकाहीँ त आफैले याद गर्ने समेत गर्छन्।

जसको फल स्वरूप आफ्नो स्टकमा के कति सामान बाकी छ, कुन सामान फेरि थप्नु पर्ने छ वा यतिकै थुप्रिरहेको छ, केहि अत्तो पत्तो नै नपाउने कारण व्यापार व्यवसायमा घाटा बेहोर्ने गर्दछन्। तर चिन्ता नलिनुस! यस्तै समस्याहरुको समाधान गर्न हामीले ल्याएका छौ Providhy ERP।

Providhy ERP ले स्टक व्यवस्थापनलाई बनाउँछ सजिलो र स्मार्ट!

सही स्टक व्यवस्थापन कुनै पनि व्यवसायको सफलता र दीर्घकालीन वृद्धिका लागि अत्यन्तै महत्वपूर्ण पक्षहरू मध्ये एक हो। तर जब व्यवसायमा सही स्टक व्यवस्थापन प्रणाली हुँदैन, तब स्टकआउट (स्टक सकिनु), ओभरस्टक (अत्यधिक स्टक थुप्रिनु), पुराना म्याद सकिनै लागेका वा सक्केका सामानहरू रहनु, र म्यानुअल प्रक्रियामा भएका गल्तीहरूले तपाईंको व्यवसायलाई चुपचाप घाटामा पुर्याउँछन्।

त्यसैले, यी सबै समस्याहरू Providhy ERP का यी विशेषताहरूले समाधान गर्छन्।

१. रियल-टाइम स्टक ट्र्याकिङ

अब स्टकमा अनुमान लगाएर वा पाना पाना पल्टाएर होइन, एक्कै ठाउँमा सजिलै कुन सामान कति बाँकी छ, कति विक्री भयो, र के कुराहरू पुनः अर्डर गर्नु पर्ने छन् सबै जानकारी लिन सकिन्छ।

साथै, Providhy ERP मा स्टकको एकाइ अनुसार स्टक व्यवस्थापन गर्ने सुविधा पनि छ, जसले लिटर, केजी, डजन, प्याकेटजस्ता एकाइहरूमा सजिलै हरेक स्टकको हिसाब राख्न मद्दत गर्छ।

२. स्वचालित पुनः अर्डर अलर्टहरू

Providhy ERP ले तपाईंलाई कुनै स्टकको मात्रा निर्धारित स्तरभन्दा तल झर्ने बित्तिकै अटोमेटिक रूपमा स्टक सक्किन लाग्यो भनेर सूचना दिन्छ। जसको कारण तपाईले स्टक सकिनु अघि नै पुनः अर्डर गरि स्टक नभएर हुने घाटाबाट जोगाउछ।

३. म्याद र ब्याच ट्र्याकिङ

खाद्यान्न, औषधि वा कुनै पनि म्याद सकिने सामग्रीका लागि Providhy ERP ले ब्याचअनुसार म्याद ट्र्याक गर्ने सुविधा दिन्छ। जसको प्रयोग गरि तपाईले ब्याच र म्यादअनुसार स्टक व्यवस्थापन गर्न सक्नु हुन्छ। यसले स्टकमा म्याद नाघेका सामान थुप्रिने समस्यालाई समाधान गर्दछ।

४. स्टक रिपोर्टहरू र ड्यासबोर्डहरू

Providhy ERP ले स्टक रिपोर्टिङलाई सरल तर अझ प्रभावकारी बनाउँछ। तपाईंले स्टकको मूल्यांकन, ब्याच र भेरियन्टअनुसारको विवरण, पुनः अर्डर गर्नुपर्ने वस्तुहरू, र म्याद सकिन लागेका सामानहरूको रिपोर्ट सजिलै प्राप्त गर्न सक्नुहुन्छ, जसबाट तपाईंले आफ्नो व्यवसायको स्टक व्यवस्थापन कस्तो भइरहेको छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ।

अन्य सफ्टवेयर भन्दा Providhy ERP किन उत्कृष्ट?

  1. शुन्य Installation खर्च: Providhy ERP तपाईंको व्यवसायमा प्रयोग गर्नका लागि कुनै Installation शुल्क लाग्दैन। सिर्फ मासिक रु. ९९९ मै, तपाईंले आफ्नो व्यापारलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक सम्पूर्ण व्यवस्थापन सुविधा प्राप्त गर्नुहुन्छ।
  2. सरकारी नियमको पालना सुनिश्चित: Providhy ERP मा नेपाल सरकारका लेखा तथा करसम्बन्धी सबै नियमहरूको पालना सुनिश्चित गरि VAT, TDS, लेखा परीक्षणका मापदण्डहरू साथै IRD प्रमाणित बिलिङ प्रणाली समेत उपलब्ध छ। यसले तपाईंको व्यवसायलाई कानुनी रूपमा अपडेट, लेखा परीक्षणको लागि तयार, र सरकारी निकायहरूसँग पूर्ण रूपमा अनुकूल बनाउँछ।
  3. जहाँसुकै, जुनसुकै बेला व्यवसाय व्यवस्थापन: चाहे तपाईं यात्रा गर्दै हुनुहुन्छ, विदेशमै हुनुहुन्छ वा दशैंजस्ता पर्व मनाउँदै हुनुहुन्छ — Providhy ERP को माध्यमबाट तपाईं २४ सै घण्टा आफ्नो व्यवसायमा के हुँदैछ भन्ने जानकारी आफ्नो स्मार्ट डिभाइसबाटै राख्न सक्नुहुन्छ।
  4. ३६५ दिन सपोर्ट: तपाईंलाई सिस्टम चलाउने तरिका बुझ्न होस्, कुनै फिचरबारे स्पष्टीकरण चाहिएको होस्, समस्या आएको होस् वा तालिम नै आवश्यक परेको होस् — हाम्रो टेक्निकल टिम वर्षभरि तपाईंलाई साथ दिन तयार छौ। एक फोन, मेसेज वा क्लिकमै तपाईंलाई चाहिने सहयोग हामी तुरुन्तै उपलब्ध गराउँछौं।
  5. स्विच गर्न सजिलो, खर्च पनि कम: पुरानो सिस्टमबाट नयाँमा आउँदा न समय धेरै लाग्छ, न त पैसा। साथै पुरानो सिस्टमबाट गर्नु पर्ने Data Migration को चिन्ता पनि तपाईले लिनु परेन किनकि त्यो पनि बिना केहि शुल्क हामी गर्छौ।

निष्कर्ष — अब घाटा होइन, व्यवसाय वृद्धिमा ध्यान दिऔं!

पुराना र म्यानुअल स्टक व्यवस्थापन प्रणालीहरूले गर्दा साना र मझौला व्यवसायहरूले नदेखिएको घाटा सहनुपरेको यथार्थ हो। स्टकआउट, ओभरस्टक, म्याद सकिने सामानको हेरचाह नगर्नु, र म्यानुअल गल्तीहरूले व्यवसायमा नाफाको साटो निराशा ल्याउँछन्। यस्ता समस्याहरूको समाधान अब अनुमान होइन, डेटा र प्रविधि हो।

र त्यसैको लागि छ — Providhy ERP।

यसले तपाईंलाई नाफा मात्र होइन, पूर्ण नियन्त्रण, समयको बचत, सरकारी नियमको पालना, र ग्राहक सन्तुष्टि सबै एकै ठाउँमा उपलब्ध गराउँछ। मासिक रु. ९९९ मै सुरु गर्न सकिने यो ERP सिस्टम सस्तो मात्र होइन, भरपर्दो पनि हो। अब भविष्यको व्यापार पुरानै तरिकाले होइन, Providhy ERP जस्तै स्मार्ट समाधानसँग अगाडि बढाउँदा मात्रै सम्भव छ।

अब झन्झट होइन, स्मार्ट व्यापार! आजै Providhy ERP सुरु गरेर घाटा घटाउनुहोस् र मुनाफामा फड्को मार्नुहोस्!

Related Blogs

Discover how Providhy can streamline operations and empower your growth.

Start Your Trial Now