Business Growth 2 min read Apr 24, 2026

कर बीजकमा HS Code अनिवार्य, के छन् त व्यवस्था?

PR

Providhy

Providhy

कर बीजकमा HS Code अनिवार्य, के छन् त व्यवस्था?

नेपालको कर प्रशासनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन आन्तरिक राजस्व विभागले २४ साउन, २०८१ देखि कर बीजकमा HS Code (Harmonized System Code) अनिवार्य गर्ने नियम ल्याएको छ, जसले आयातित वस्तुका व्यवसायीहरूलाई नयाँ प्रक्रियामा अभ्यस्त हुन आवश्यक बनाउँछ।

धेरै व्यवसायीमा यस नियमलाई लिएर विभिन्न जिज्ञासा र अन्यौलता हुन सक्छ। यसका मुख्य बुँदाहरूलाई सरल भाषामा बुझौँ: 

HS कोड भनेको के हो?

HS Code भनेको विश्वभरिका सामान चिन्न प्रयोग गरिने साझा "अन्तर्राष्ट्रिय अंक" हो, जुन सामान्यतया ८ अंकको हुन्छ । यसकै आधारमा भन्सार र कर कार्यालयले कर निर्धारण गर्ने र आयात-निर्यातको विवरण ट्र्याक गर्ने गर्दछन्।
 
यो नियम कसका लागि लागू हुन्छ?

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को २६औँ संशोधन अनुसार भ्याटमा दर्ता भएका सबै करदाताहरूले अब विभागले तोकेको नयाँ ढाँचा (अनुसूची ५, ५ख र ६) अनुसारको कर बीजक प्रयोग गर्नुपर्छ ।
 कुन सामानमा HS Code अनिवार्य छ?

  • आयातित सामान: यदि तपाईं विदेशबाट सामान आयात गरेर नेपालमा बिक्री वितरण गर्नुहुन्छ भने, तपाईंले काट्ने बिलमा अनिवार्य रूपमा HS Code उल्लेख गर्नुपर्छ ।
  • कर छुट भएका सामान: यदि तपाईंले आयात गरेको सामान भ्याट फ्री (Tax Exempt) छ भने पनि, त्यसको बिक्री गर्दा बीजकमा HS Code राख्न अनिवार्य छ।
     

 HS Code को कति अंक राख्नुपर्छ?

आयातित सामानको बीजक जारी गर्दा HS Code को सुरुका ४ अंक अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ । यद्यपि, यदि कुनै व्यवसायीले पूर्ण अंक (८ अंक) नै राख्न चाहनुहुन्छ भने पनि त्यसको सुविधा दिइएको छ।
 स्वदेशी उत्पादनको हकमा के हुन्छ?

नेपालमै उत्पादित सामान बिक्री गर्दा बीजकमा HS Code उल्लेख गर्न अनिवार्य छैन। तर, यदि कुनै उत्पादक वा बिक्रेताले स्वैच्छिक रूपमा कोड राख्न चाहनुहुन्छ भने राख्न सक्नुहुन्छ।
 गोदाममा रहेको पुरानो स्टक (Old Stock) को व्यवस्थापन

धेरैको प्रश्नहरु हुन सक्छन जस्तै, " नियम आउनुअघि नै खरिद गरिएको सामानमा के गर्ने?" विभागका अनुसार, नियम लागू हुनुभन्दा अगाडि खरिद गरिएको आयातित सामान हाल मौज्दात (Stock) मा छ भने, त्यसलाई बिक्री गर्दा पनि अनिवार्य रूपमा HS Code उल्लेख गर्नुपर्छ ।
 कम्प्युटर बिलिङ सफ्टवेयर प्रयोगकर्तालाई सहजता

यदि तपाईंले पहिले नै कर कार्यालयबाट अनुमति प्राप्त सफ्टवेयर प्रयोग गरिरहनुभएको छ भने, यो नियम पालना गर्न (अर्थात् बीजकमा HS Code को कोलम थप्न) पुनः नयाँ अनुमति लिनु पर्दैन। सफ्टवेयरको भर्सन र अन्य प्राविधिक कुराहरू यथावत रहने गरी मात्र कोलम थप्दा विभाग धाउनुपर्ने झन्झट हटेको छ ।
यो नियम किन ल्याइयो?

यो व्यवस्थाले कुन वस्तु कति आयात भयो र बजारमा त्यसको प्रवाह कसरी भइरहेको छ भन्ने कुराको निश्चित तथ्यांक राख्न सरकारलाई मद्दत गर्छ। यसले भन्सार विन्दुदेखि अन्तिम उपभोक्तासम्मको वस्तुको आपूर्ति शृङ्खला (Supply Chain) लाई पारदर्शी बनाउन सहयोग पुर्‍याउँछ।

निष्कर्ष

सरकारको यो कदमले व्यापारिक क्षेत्रमा पारदर्शिता ल्याउनुका साथै व्यावसायिक प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आधुनिक बनाउन मद्दत गर्छ । यसले दीर्घकालीन रूपमा कर प्रशासन र व्यवसाय बीचको समन्वयलाई अझ बलियो बनाएको छ ।

तपाईंको व्यवसायमा प्रयोग भइरहेको बिलिङ प्रणालीलाई आजै यो नियमहरू अनुसार अपडेट गर्नुहोस् र ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्।

Share this article

Related Articles

Banner image with the text "Correct data can pinpoint the expenses and profits in the business" and the logo of Providhy
Aug 20, 2026 2 min read

व्यवसायको बिक्री, खर्च र स्टकको तथ्यांकले कसरी राम्रो निर्णय लिन मद्दत गर्छ?

व्यवसाय चलाउँदा दिनहुँ थुप्रै निर्णय लिनुपर्छ। कुन सामान बढी मगाउने? कुन ग्राहकलाई कति उधारो दिने? कुन खर्च घटाउने? कुन समयमा थप लगानी गर्ने? यी निर्णयमध्ये धेरैजसो निर्णय व्यवसायीले आफ्नो अनुभव र अनुमानका आधारमा लिन्छन्। अनुभव महत्त्वपूर्ण हुन्छ। तर व्यवसाय बढ्दै जाँदा “यसो गर्दा हुन्छ होला” भन्ने अनुमान मात्रमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ। बिक्री घट्दै छ कि कुनै विशेष सामानको माग कम भएको हो? खर्च बढेको हो कि कुनै एउटा क्षेत्रमा मात्र अनावश्यक खर्च भइरहेको छ? गोदाममा पर्याप्त सामान छ कि पैसा नबिक्ने स्टकमै अड्किएको छ? यस्ता प्रश्नको उत्तर अनुमानले भन्दा बिक्री, खर्च र स्टकको सही तथा समयमै उपलब्ध तथ्यांकले दिन सक्छ। तथ्यांक हेरेर निर्णय गर्दा व्यवसायीले के भइरहेको छ भन्ने मात्र होइन, त्यसका आधारमा अब के गर्ने भन्ने निर्णय पनि अझ स्पष्ट रूपमा लिन सक्छन्। यही कारणले व्यवसाय बढ्दै जाँदा तथ्यांकलाई व्यवस्थित रूपमा राख्नु र सही समयमा प्रयोग गर्नु झन् महत्त्वपूर्ण हुन्छ।

Why Nepali Businesses Are Switching to Cloud ERP Software in 2026
Aug 13, 2026 3 min read

Why Nepali Businesses Are Switching to Cloud ERP Software in 2026

For years, local companies have trusted Excel spreadsheets, paper diaries, and outdated desktop software to track sales and inventory. However, these old systems are hitting a breaking point, causing data loss when computers crash, human errors in stock counts, and keeping owners stuck at their desks just to check basic daily reports. To fix this, a huge change is happening. In 2026, Nepali businesses are moving to cloud ERP software that operates as a single digital brain for their entire organizations. It securely connects your finance, warehouse, and sales departments over the internet, allowing you to monitor your business and manage multiple branches in real time on your device. This blog post covers why Nepali businesses are upgrading to cloud ERP systems in 2026. You will learn about key features to look for, including IRD tax compliance, warning signs that your current tools are failing, and practical tips for choosing the right system for your business growth.

How ERP Software Helps Nepalese SMEs Manage VAT & Tax Compliance
Aug 06, 2026 3 min read

How ERP Software Helps Nepalese SMEs Manage VAT & Tax Compliance

Running a business in Nepal involves managing VAT records, taxes, and financial reports. Many SMEs still use spreadsheets, paper, or disconnected systems, which work early on but become harder to manage as the business expands. This increases errors, misplaced records, duplicates, and last-minute stress during tax filing. At the same time, Nepal's tax environment is becoming increasingly digital, making accurate and organized financial records more important than ever. Businesses need a reliable way to track transactions, manage invoices, and maintain up-to-date financial information throughout the year, not just when filing taxes. An Enterprise Resource Planning (ERP) system consolidates accounting, sales, inventory, and other operations into one platform, helping businesses organize records, improve accuracy, and simplify VAT and tax compliance tasks. This article explores how ERP helps Nepalese SMEs manage compliance and financials more effectively.

Get more tips like this

Subscribe to our newsletter and receive weekly business tips, product updates, and exclusive content directly in your inbox.

Join 2,500+ business owners. Unsubscribe anytime.